काठमाडौं, ४ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीको जनसंगठन संयन्त्रसँग छलफल गरेकी छन् ।
पछिल्लो राजनीतिक परिवेशका विषयसहित पार्टीगत कामका विषयमा भण्ठारीले सचिव ढकालसँग जिज्ञासा राखेकी थिइन ।

त्यस्तै मदन भण्डारी फाउण्डेशका पदाधिकारी र सहित जनसंगठनका प्रमुखसँग आगामी असार १४ गते हुने मदन भण्डारी हिरक जयन्तीका विषयमा पनि छलफल गरेकी छन् । भण्डारीले हिरक जयन्तीलाई राम्रो र व्यवस्थित बनाउन चाल्नुपर्ने कदमका विषयमा कुराकानी गरेकी हुन् । उनीहरूबीच समसामयिक राजनीति र एमालेभित्रको विवादका विषयमा पनि छलफल भएको जनाइएको थियो । छलफलमा सहभागी एक नेताका अनुसार, एमाले नेतृत्व परिवर्तका विषयमा समेत कुराकानी भएको छ।
प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भएपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेत नेतृत्व परिवर्तनका लागि प्रयास गरिरहेका छन् ।
त्यस्तै, पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरू छुट्टै लबइङमा छन्। उनीहरू भण्डारीलाई एमालेमा फर्काउने विषयमा देखिएका छन्।
