काठमाडौ ६ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यसअघि उक्त विभागको नेतृत्व सभामुख डीपी अर्यालले गर्दै आएका थिए।
