काठमाडौं, १२ वैशाख ।
थापाथलीको सुकुम्बासी बस्तीका संरचना हटाउन डोजर परिचालन गरिएको छ ।
शनिबार बिहानदेखि बस्तीमा डोजर परिचालन भएका छन् । पहिलो चरणमा दुइटा डोजर परिचालन भएका छन् ।
सरकारले बिहीबार नै बस्ती खाली गर्न सूचना जारी गरेको थियो । त्यसपछि बस्ती खाली गर्न सुरु गरेका सुकुम्बासीले शनिबार बिहानसम्म सामान सार्ने काम गरिरहेका थिए । त्यसमा प्रहरीले पनि सहयोग गरेको थियो ।
शनिबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएकोमा बिहानबाट बस्तीमा डोजर परिचालन भएको हो ।
