काठमाडौँ, २५ वैशाख । सामाजिक सेवामा सक्रिय खोटाङ हलेसी सेवा समाज काठमाडौंले यस वर्ष पनि निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम आयोजना गर्ने भएको छ। अघिल्ला वर्षहरूमा जस्तै सामाजिक कार्य गर्ने क्रममा समाजले एकदिने निःशुल्क आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।
यो कार्यक्रम लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, लायन्स क्लब अफ काठमाडौं मिराकल सिटी तथा खोटाङ(् हलेसी सेवा समाजको संयुक्त आयोजनामा हुन लागेको हो भने कान्तिपुर अस्पताल ले प्राविधिक सहकार्य गर्नेछ।
कार्यक्रम काठमाडौँको काँडाघारीस्थित अर्किड स्कुल काँडाघारीमा यही बैशाख २६ गते शनिबार बिहान ८स्३० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा सहभागीहरूले निःशुल्क आँखा परीक्षण गराउन सक्नेछन्।
जसमा चिकित्सकको सिफारिस अनुसार आवश्यक परेमा निःशुल्क चस्मा समेत वितरण गरिने खोटाङहलेसी सेवा समाजका अध्यक्ष इन्दा थापाले जानकारी दिएकी छिन् । साथै कार्यक्रममा रक्तदानको आयोजना पनि गरिएको छ।
समाजले काठमाडौँ उपत्यकामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका खोटाङ जिल्लाका साथै अन्य जिल्लाका सर्वसाधारण र स्थानीयलाई पनि कार्यक्रममा उपस्थित भई सेवा लिन समाजकी अध्यक्ष थापाले आग्रह गरेकीछिन् ।
