काठमाडौ, ३जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को निर्णय गर्दै विद्या भण्डारीलाई पार्टीको सदस्यबाट समेत बन्चित गरेका थिए । ओलीले समयकालमा विभिन्न अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका थिए ।
फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी बेला ओलीले उनलाई रोक्न हरप्रयास गरे । भण्डारीले पार्टीमा फर्कने चाहना राखेपछि त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओली थप चर्को आक्रोश पोख्न थालेका थिए ।
तर समय फेरियो, परिस्थिति फेरियो । ओली राष्ट्रिय राजनीतिको केन्द्रबाट गुण्डुमा सिमित भए । मुलुकको दोस्रो ठूलो दलबाट एमाले साना दलहरुको पनि केन्द्रमा पर्न सकेन । एमालेको देशव्यापी संगठनमा धमिरा लागेको अवस्था छ । पार्टीले विद्या भण्डारीको सदस्यतालाई समेत रोक्यो । विधान अधिवेशनबाट ओली आफै तेहरिने प्रयास गरे । पार्टीको ११ औं महाधिवेशनबाट विद्या भण्डारी पक्षमा उभिएकाहरुलाई छानी छानी सफाया गरियो । विद्या भण्डारीको पक्षमा लागेको भन्दै हालका एमाले महासचिव शंकर पोखरेल लगायतले पार्टीका नेताहरुलाई सौतेली व्यवहार गरे ।
तर आज तिनै महासचिव शंकर पोखरेलले एमालेको पुरानो पार्टी कार्यालयमा पूर्व राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर मदन–आश्रितको ३३ औं स्मति दिवस मनाउन बाध्य भए । उद्घोषण पनि उनैले गरेका थिए । यसअघि एमालेका कुनै पनि कार्यक्रममा नबोलाइएकी भण्डारीलाई आइतबार बल्खुमा प्रमुख अतिथि बनाइएको थियो । उनलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा अतिथि बनाइएको थियो । भण्डारीलाई एक वर्ष अघि अतिथिको निम्ता गरिएको थिएन ।
महासचिव शंकर पोखरेलकै अगुवाईमा रोकिएको सदस्यता नविकरण अब के हुन्छ ? भन्ने प्रश्न उठेको छ । आइतबार उनै भण्डारीलाई प्रमुख अतिथि स्वीकार गरेका पोखरेललाई अब सदस्यता नविकरण बाटो खुलेको छ ।
यतिबेला ओलीको विरुद्ध महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल एकैठाउँ उभिएका छन् । उनीहरुले नै भण्डारीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेपछि ओलीका लागि चुनौति बनेको छ । एमालेभित्र ओलीलाई सहज बर्हिगमन गराउन भण्डारी नै उपयुक्त पात्र भएका कारण यतिबेला पोखरेल र पौडेलले भण्डारीलाई अघि सार्ने बताइएको छ । आइतबार कार्यक्रमपछि एमालेको भावी नेतृत्व भण्डारीले सम्हाल्दै छिन कि भन्ने शंकाको लाभ पैदा भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
