काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा लामिछाने अर्को साता भारत भ्रमणमा जान लागेका हुन ।
रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन् । भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण हुने भए पनि अचानक रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको स्रोतले जनाएको छ ।
रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निमन्त्रणा पठाएको छ । त्यसअनुसार लामिछाने आगामी १८ जेठ आसपास भारत जाने निश्चित भएको स्रोतले जनाएको छ । भ्रमणमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने रास्वपाको एक नेताले बताए ।
नयाँ सरकार बनेलगत्तै भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएर रेड कार्पेट ओछ्याउन खोजेको सन्देश दिन खोजेको थियो । त्यसका लागि निम्तो लिएर भारतीय बिदेश मन्त्री जयशङ्कर नै आउन लागेको चर्चाबीच उनको सम्भावित नेपाल आगमन स्थगित भएको थियो । यहि पृष्ठभुमिमा भारतले लामिछानेलाई नै पहिले निम्तो दिएपछि धेरै चासोका साथ हेरिएको छ ।
Sent
Compose
Write to Sushila Gautam
