काठमाडौं, १० जेठ । जेनजी अभियान्ता मिराज ढुंगाना देश दौडाहमा सकृय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा करिब दुई तिहाईको सरकार बनेदेखि नै देशैभर युवाहरुलाई समेटेर खबरदारी अभियान चलाउने सोचमा रहेका ढुंगाना अहिले देश दौडाहमा सकृय देखिएका हुन् ।
केही दिनयता उनले काठमाडौं बाहिर महंगी र अनावश्यक पेट्रोलियम करविरुद्ध अभियान बढाउँदै सरकारविरुद्ध दबाब अभियान चलाएका छन् । त्यही सिलसिलामा देशका सबै जिल्लाहरुमा युवाहरुको अलग्गै जिल्लास्तरीय सञ्जाल बनाएर सरकारविरुद्ध उनले दबाब सिर्जना गरिरहेका छन् । उनको दबाब अभियानको नाम छ–गरिखान देउ सरकार १
अभियानकै सिलसिलामा आईतबार ढुंगानाले चितवनमा बाईक डो¥याउने ¥याली गर्दैछन् । उनले सामाजिक संजालमा सूचना राखेर भनेका छन् ।
‘यो देशमा अत्याचार छ — ६ वटा करका कारण हामीले पेट्रोलमा प्रतिलिटर रु २१७ मध्ये करकै रूपमा करिब रु ६५–७० तिर्छौँ । न भारतमा, न चीनमा, न अमेरिकामा, न भुटानमा ६ वटा कर छन् । यस्तो अत्याचार नेपालमा मात्र छ । राजस्व देशले धेरै कुराबाट उठाउँछ, पेट्रोलमा चाहिँ कम्तीमा छुट होस् ।
नयाँ युवाको सरकार छ, कृपया हामीलाई यो अत्याचारबाट मुक्ति दिनुहोस् ।
चितवन चौबिसकोठीमा भेटौँ — १० गते, बेलुका ४ः३० बजे !’
एक महिनाअघि चीन भ्रमणमा युवाहरुको अन्तराष्ट्रिय सेमिनारमा भाग लिएर फर्किएका ढुंगानाको पछिल्लो देशव्यापी म्याराथन र त्यस क्रममा संचालित सरकारविरुद्धको दबाब अभियानलाई चासोका साथ हेरिएको छ ।
