काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल राजिनामा नदिने तर उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेर टारेका छन् । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेका छन् । यस्तै अन्य सदस्यहरुमा ९ प्रदेशका इन्चार्ज रहेनछन् । समितिको समय १ महिनाका लागि तय भएको छ ।
एमाले अध्यक्ष ओलीले आफ्ना तत्कालका विश्वासपात्र बादललाई खातैखातको जिम्मेवारी दिएका छन् । माओवादीबाट एमालेमा आएका बादलले पार्टी पुर्नगठनको आवश्यकता र औचित्यबारे प्रतिवेदन तयार पर्ने काम गर्ने बताइएको छ ।
