काठमाडौं, १३ जेठ । पूर्व टेलिभिजनकर्मी एवं सांसद जगदीश खरेलको अल्पज्ञान देखिएको छ । संसदमा उनले एउटा सामान्य विषयमा बोल्दै गर्दा यसअघि भएका र चालु रहेका कानुन ख्याल नगरी ४८ वर्षदेखि पर्यटन ऐन बनेन भनेर संसदमा बोल्दा अन्य सांसदहरुको शीर निहुरिएको थियो । प्रतिपक्षी सांसदहरुलाई धारेहात लगाउँदै सरकारले सात÷सातवटा अध्यादेश ल्याउनु परेको भन्ने धारणा राख्दै ४८ वर्षदेखि पर्यटन सम्बन्धी कानुन नबनेको भनेर झूठो धारणा राखे ।
उनको अभिव्यक्तिका कारण संसदमा थप असहज स्थिति पैदा भयो । ललितपुर २ बाट निर्वाचित सांसद खरेलले ४८ वर्षदेखि पर्यटन ऐन बनेन भनेर दिनदहाडै झुट बोलेका थिए । कानुन आयोगको वेबसाइटमा गएर हेर्दै नहेरी झूठ बोलेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भएको छ । पत्रकार विपेन्द्र कार्कीले सामाजिक सञ्जालमा तथ्य नै राखेर सांसद खरेललाई लज्जाबोध हुनुपर्ने धारणा राखेका छन् ।
‘२०३५ कात्तिक ०८ गते पहिलोपटक लालमोहर लागेको पर्यटन ऐन पछिल्लोपटक २०८२ साउन १४ गतेसम्म जम्माजम्मी सातपटक समयानुकुल संशोधन भैसकेको रहेछ’, पत्रकार कार्कीले भनेका छन्,‘४८ वर्षदेखि कानुनै बनेन भन्ने प्रतिपक्षलाई ुतमासाु देखाएको भन्ने पूर्वमन्त्रीले कुतर्क गर्नुभन्दा ज्ञानको भाँडो अलि फराकिलो बनाउनु बेस होला ।’
