काठमाडौं, १३ जेठ ।
आगामी आर्थिक वर्ष ०८३÷०८४ को बजेट वाचन हाल प्रतिनिधिसभा बैठक चलिरहेको निर्माणाधीन संघीय संसद् भवनको पुरानो बहुउद्देश्यीय हलबाटै हुने भएको छ ।
रंगरोकनसहित अहोरात्र काम भइरहे पनि प्रतिनिधिसभा हलको निर्माण सम्पन्न नभएका कारण अहिले सञ्चालन भइरहेकै बहुउद्देश्यीय हलबाट बजेट बाचन हुने निश्चित भएको हो ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माण कार्य सम्पन्न नभइसकेकाले अहिले चलिरहेकै भवनमा बजेट वाचन हुने जानकारी दिए ।
२३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित अन्तर्राष्टिय सम्मेलन केन्द्रको संसद भवन जलाएर र तोडफोड गरेर ध्वस्त बनाइएपछि सिंहदरबार परिसरभित्रै निर्माणाधीन नयाँ संसद भवनभित्र बैठक कक्ष तयार गरिदैं थियो । तर अहोरात्र काम गरिए पनि अन्तत ः काम सम्पन्न हुन सकेन ।