काठमाडौं, १५ जेठ
सरकारले मध्यस्तरको आम्दानी हुनेका लागि करमा भारी छुट दिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८३÷८४को बजेटमा मासिक १० लाख रुपैयाँसम्म कमाउनेलाई कर नलिने घोषणा गरेका छन् । यसले मध्यम कमाई हुने वर्गलाई ठूलो राहात मिलेको छ ।
सरकारले आयकर ऐन, २०५८ मार्फत एकल व्यक्तिको हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीको हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा कर मात्र लिने गरेको थियो ।
सो माथिको अर्को दुई लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को दश लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लिँदै आएको थियो । अब १० लाख तल कमाई हुनेले वार्षिक एक प्रतिशत मात्र तिरे हुने भएको छ । १० लाख माथि कमाई हुनेले भने थप कर तिर्नुपर्नेछ । नेपालमा ठूलो वर्ग वार्षिक १० लाख तल कमाई हुने रहेको छ ।
