काठमाडौं, २५ कात्तिक । रास्वपा सांसद अमरेश सिंह राजनीतिक रुपमा सक्रिय देखिएका छन् । छठपछि तराई मधेशको पदयात्रा गर्ने उद्घोष गरिरेहका सिंहले राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् । तिहार विदाको अवसर पारेर सोमबार रास्वपा सभापति रवि लामिछाने, मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका हुन् ।
त्यसैगरी मंगलबार नै कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गरेका छन् । भेटघाटमा दीपावली र छठको शुभकामना आदानप्रदान मात्रै भएको छैन राजनीतिक संवाद पनि भएको अमरेश निकट रहेका एक मधेशवादी नेताले दावी गरेका छन् ।


