काठमाडौं, १६ जेठ ।
एमाले उपमहासचिव योगेश भट्टराईले पदाधिकारीसहित पार्टी केन्द्रिय सदस्यहरुको कार्यविभाजनले पार्टी एकताको भावना बोक्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन ।
अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर कार्यविभाजनसम्बन्धी अपानी जारी गरेपछी भट्टराईले एकताको भावना बोक्न नसकेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन ।
सामाजिक संजालमा उनले भनेका छन :
हिजो जेठ १५ गते गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा एमालेको अन्तरपार्टी निर्देशन-२ ( अपानी २) जारी भएको छ । “अपानीमा उल्लेखित विषयहरु आफैमा महत्वपूर्ण छन, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएकोले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।”
अपानीमा जोड दिईएको छ- “एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ ।”
अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ ।
“उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ ।”
सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु ।
“छर्लङ्ग हुनुहोस, ढुक्क रहनुहोस ?“
नेकपा एमाले- जिन्दावाद!
