काठमाडौं, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आयोजक मूल समिति बनाएको छ ।
आगामी ७, ८ र ९ असारमा चितवनमा हुने महाधिवेशनका लागि सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको रास्वपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
समितिका सदस्यहरूमा उपसभापति डा. स्वर्णिम वाग्ले तथा महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहसहित विपिनकुमार आचार्य, लीमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्य छन् ।
त्यस्तै, समितिमा केन्द्रीय समितिका सबै सदस्यहरू र सबै प्रदेश सभापतिहरू राखिएको जनाइएको छ ।
