काठमाडौं, १९ जेठ ।
मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक(एआईजी)मा अञ्जनीकुमार पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरिक्षक(डिआईजी) पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटालाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्बजनिक गरेको ४ वटा मुख्य निर्णयहरू यस्ता छुन्–
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
–युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
–सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।
–२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।
–भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।