काठमाडौं, १९ जेठ ।
राष्ट्रियसभाको बैठक प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादस्पद अभिव्यक्तिलाई लिएर विपक्षीले अवरोध गरेका कारण स्थगित भएको छ ।
वैकल्पिक वित्त परिचालन विधेयकमा छलफल गर्न १ः१५ बोलाइएको बैठक विपक्षीको अवरोधले बुधबार १२ः१५ बजेसम्ममा लागि स्थगित भएको अध्यक्ष नारायण दाहालले जानकारी गराएका छन् ।
विपक्षीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने र सदनबाट माफी माग्नुपर्ने माग गरेका छन् ।
उता, विपक्षीकै विरोधले १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्रीको विवादस्पद अभिव्यक्ति, सभामुखले बहुमतीय प्रक्रियाबाट नियमावली पारित गर्दा आईतबार प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच घम्साघम्सी भएको थियो ।
