काठमाडौ,२० जेठ ।
सशस्त्र प्रहरीको यान्त्रिक परिवहन शाखा (एमटी)मा आगलागी भएको छ । आगलागीबाट करोडौ रुपैयाको गाडीहरु ध्वस्त भएका छन् । एआइजीले प्रयोग गर्ने गाडी पनि ध्वस्त भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । के कारणले आगलागी भयो भन्ने कुनै पनि जानकारी नदिई गोप्य राख्न खोजिएको छ । अहिले साँझ आगलागी भएपछि सशस्त्र प्रहरी मूख्यालयले यसलाई लुकाउन खोजेको बताइन्छ ।
सशस्त्र प्रहरीका एसपी विमल डाँगी प्रमुख रहेको सो शाखाले गाडी मर्मतको नाममा करोडौ रुपैया खर्च गरेको र तर गाडी नचलेको अवस्थामा त्यहाँ आगलागी हुनु शंकास्पद रहेको सशस्त्र प्रहरी मूख्यालयका एक अधिकारीले बताए । उनका अनुसार एसपी डाँगीले केही दिन अघि देखि नै त्यहाँ रहेका गाडीको अवस्था राम्रो कण्डिशनमा नरहेको भन्दै आर्थिक प्रशासनसँग मर्मतका लागि बजेट निकासा गर्न माग गरिरहेका थिए तर आर्थिक प्रशासन महाशाखाले गाडी मर्मतका लागि तत्कालै रकम उपलब्ध गराउन नसक्ने जनाएको थियो ।
