काठमाडौं, २१ जेठ ।
प्रमुख प्रतिपक्षी दल काङ्रेसले सदस्यता नविकरणका लागि अन्तिम समयसीमा तोकेको छ ।
महामन्त्री प्रदिप पौडेलको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय सार्बजनिक गर्दै काङ्ग्रेसले अन्तिम समयसिमाबारे भनेको छ :
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री एवं संयोजक श्री प्रदीप पौडेलको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।
पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ः०० बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ ।
तसर्थ, उक्त अवधिभित्र आ–आफ्नो सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबैमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति अनुरोध गर्दछ ।
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव
