काठमाडौं, २१ जेठ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर छाडेको छ । आफू मूख्यसचिव हुनका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई एसएमएस गर्दा प्रहरीले विहिबार साँझ घरबाट नियन्त्रण्मा लिई टेकु पुर्याएको थियो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको हो’, गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।
प्रहरीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर टेकु पुर्याएपछि छाडेको थियो । सचिव पुस्कारलाई ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोपमा पक्राउ गरेको थियो । तत्काल उनलाई मुद्दा चलाउने किसिमको पर्याप्त आधार नदेखिए भन्दै छाडिएको छ ।
९ मंसिर २०८२ मा मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि पुष्करसमेत मुख्यसचिवका दाबेदारसमेत थिए । तर, सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । यसपछि उनी मूख्यसचिव हुन चाहन्थे । कर्मचारीहरुले यसलाई राज्यआतंकको संज्ञा दिएका छन् ।
