काठमाडौं, २२ जेठ । एमालेकी केन्द्रीय सदस्य रचना खड्काले नेताहरुको नाममा एउटा भावुक, चोटिलो र मर्मस्पर्शी कविता प्रेषित गरेकी छिन । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन अघि दिएको सार्वजनक अव्यिक्तिपछि यस्तो कविता सार्वजनिक रुपमा प्रेषित गरेकी हुन्। ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार भएकी खड्का युवाहरुमाझ निकै लोकप्रिय छिन । उनको यो कविताले यतिबेला पार्टी पंक्तिमा तरंग ल्याएको छ ।
यस्तो छ कविताको सारः
नेता कमरेड
मलाई त्यही सभामा
तपाइँ बसेको कुर्सी र उभिएको रोष्टममा
उसैगरी बसेर
उसरी नै उभिएर
तर, जमीनतिर फर्किएर
तपाइलाई
एउटा बागी सम्बोधन गर्न मन छ
र, भन्न मन छ
भो पुग्यो
