अनलाइनमार्फत यौनधन्दाको गिरोह चलाएको आरोपमा १६ जना पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटेलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका- २ घर भई काठमाडाैं बस्ने ३३ वर्षीय होटेल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनील तामाङ, मकवानपुर बकैया गाउँपालिका- ८ का २८ वर्षीय विवेक स्याङ्तान तथा जिल्ला काठमाडाैं, काठमाडौं महानगरपालिका- ९, शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।
त्यस्तै, पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूले फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटेलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
