काठमाडौं, १ असार ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको पार्टी फुटाउन लागेको गम्भीर आरोपको जवाफ फर्काएका छन ।
सामाजिक संजालमार्फत उनले लोभ र पाप दुबै छैन भन्दै ओलीको नाम नलिइकनै उनको मति सुध्रने अपेक्षा राखेका छन ।
साथै उनले पार्टी पुनर्गठन हुने तर फुट्न नदिई झन एकताबद्ध बनाइने घोषणा पनि गरेका छन ।
ओलीले शनिबार गुण्डुस्थित निवासमा पार्टी नेता कार्यकर्तामाझ उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले पुनर्गठनका नाममा पार्टी फुटाउन खोजेको गम्भीर आरोप लगाएका थिए ।
जसको जवाफ योगेशले संजालबाट यसरी फर्काएका छन ।
ढुक्क रहनुहोस
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुटने छैन
टुटने छैन
सबै मिल्ने छन
थप एकताबद्ध हुनेछन
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ़ने छ
