काठमाडौं, १ असार ।
राष्ट्रिय युवा संघ नेपालले युवा केन्द्रीत एक गाउँ : एक उत्पादन कार्यक्रम अभियान चलाउने घोषणा गरेको छ ।
भातृ सङ्गठनहरु आफ्नो समुदाय केन्द्रीत बनेर सामुदायिक र पेशागत मुद्दा सम्बोधन गर्न नसक्दा युवा आकर्षण घटेको र त्यसले एमाले कमजोर बनेको लामो समयदेखी निष्कर्षलाई ध्यान दिदै संघले युवामै केन्द्रीत हुनेगरी अभियान घोषणा गरेको हो ।
केन्द्रिय कमिटीबाट घोषित अभियान महत्वाकांक्षी रहेकाले पूरा गर्न निक्कै मिहेनत गर्नुपर्ने युवा संघ आवद्ध नेता कार्यकर्ताले बताउन थालेका छन ।
त्यस्तै, संघले जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आगामी १४ असारदेखि देशैभर बृक्षारोपण अभियान चलाउने निर्णय पनि गरेको छ ।
त्यसक्रममा पहिचानसहित हजारौं युवा परिचालनमार्फत देशैभर लाखौं रुख रोपिने प्रवक्ता निरोज पौडेलले बताए ।
