काठमाडौं, २ असार ।
भारतसँग सीमा जोडिएको कपिलवस्तुको मर्यादपुर–डंगरी क्षेत्रमा तस्करी बढेको सन्दर्भमा सशस्त्र प्रहरी मूख्यालयमा उजुरीको चाङ लागेको छ । गत वैशाखमै त्यहाका एसपी गोपाल अधिकरीलाई यो विषयमा मूख्यालयले स्पष्टिकरण नै सोधेको थियो । तर पनि तस्करी नरोकिएकोभन्दै आइजीपी सचिवलायमा उजुरीको चाङ लागेको हो । पछिल्लो समय अवैध चोरी तस्करी तथा भन्सार छलीका गतिविधिको प्रमुख मार्गका रूपमा कपिलवस्तुका विभिन्न नाकालाई लिन थालिएको छ । एसपी अधिकारीले आँखा चिम्लिएका कारण तस्करी बढेको बताइन्छ । खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री, किराना सामानलगायत दैनिक उपभोग्य वस्तुहरू भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याउने क्रम बढ्दै गएको भन्दै स्थानीयवासी तथा सरोकारवालाले मूख्यालयलाई उजुरी गरिरहेका छन् ।
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउटपोस्ट) मर्यादपुर–डंगरी स्थापना गरिए पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो स्थानीय स्तरमा बढेको छ । सीमा सुरक्षाका लागि राज्यले जनशक्ति, स्रोत र साधन परिचालन गरे पनि अवैध आयात तथा राजस्व छलीका गतिविधि रोक्न चुनौती देखिएको स्थानीयको भनाइ छ।
स्थानीय स्रोतका अनुसार पछिल्ला महिनाहरूमा विशेषगरी रातिको समयमा सीमावर्ती खेत, ग्रामीण बाटो तथा खुला नाकाहरू प्रयोग गरी विभिन्न सामान नेपाल ल्याउने गएिको स्रोतको दावी छ । कतिपय अवस्थामा साना–साना समूह बनाएर सामान ओसारपसार गरिने र त्यसलाई स्थानीय बजारसम्म पु¥याइने गरिएको आरोप छ । यस्ता गतिविधिका कारण वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू समेत मारमा परेको रहेको बजार समेत ठप्प हुने गरेको छ ।
व्यवसायीहरूका अनुसार भन्सार तिरेर सामान ल्याउने व्यापारीले राज्यलाई राजस्व बुझाउनुपर्ने हुन्छ भने अवैध रूपमा सामान ल्याउनहरुले त्यस्तो दायित्व पूरा नगर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको छ । यसको प्रत्यक्ष असर वैधानिक व्यवसायमा मात्र नभई सरकारी राजस्व संकलनमा समेत परेको उनीहरूको भनाइ छ ।
सीमा क्षेत्रमा सक्रिय तस्करहरूले खाद्यान्न, चिनी, दाल, मसला, कपडा, जुत्ता, हार्डवेयर सामग्री, कस्मेटिक वस्तु तथा विभिन्न किराना सामानलाई प्राथमिकता दिने गरेको स्थानीयहरूको दावी छ । यस्ता सामानहरू सानो परिमाणमा पटक–पटक ल्याउने शैली अपनाइने भएकाले सुरक्षा निकायलाई निगरानी फितलो बन्दै गएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार सीमा क्षेत्रमा केही व्यक्तिहरूले तस्करीलाई संगठित स्वरूप दिन खोजेको आशंका पनि बढेको छ । खुला सीमाको फाइदा उठाउँदै विभिन्न समयमा सामान ओसारपसार हुने गरेको चर्चा स्थानीय तहसम्म पुग्न थालेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपूर्वसचिव मिश्रलाई सफाइ, ६ जनालाई चार महिना कैद
