काठमाडौं, २ असार ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय महाधिवेशनको संघारमा ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
आगामी ७ देखि ९ असारसम्म रास्वपाको पहिलो महाधिवेशन चितवनमा सम्पन्न हुँदैछ ।
महाधिवेशनअघि ७ सय ५३ मध्ये ६ सय ९ पालिका र ४ हजार ३ सय ६३ वडामा अधिवेशन सकिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जनाएका छन् ।
अधिवेशनसँगै रास्वपाले पहिलो पटक अधिवेशनमार्फत वडा तहसम्म संगठन संजाल बिस्तार गरेको छ भने हजारौं अनुहारलाई पुराना ठूला पार्टी कांग्रेस, एमाले र नेकपाले जस्तै पार्टीका विभिन्न कमिटीमा संगठित गरेको छ ।
हालसम्म अधिवेशन भएका वडा, पालिका, जिल्लाहरूको विवरणः
अधिवेशन भएका वडा सङ्ख्या -४३६३
अधिवेशन भएको पालिका संख्या – ६०९
अधिवेशन भएको जिल्ला सङ्ख्या – ६४
अधिवेशन नभएका जिल्लाहरू
कर्णाली प्रदेशमा – डोल्पा र हुम्ला
लुम्बिनी प्रदेश – रुकुम पूर्व
गण्डकी प्रदेशमा – मनाङ र मुस्ताङ
मधेस प्रदेशमा – धनुषा, सप्तरी बारा र सर्लाही
अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरू – सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहट
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ।
मधेस प्रदेशको अधिवेशन स्थगन छ र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु छ।
ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र छ।
धन्यवाद ।
कविन्द्र बुर्लाकोटी
महामन्त्री
