काठमाडौँ, ३ असार । चितवनमा बालक अपहरण गरी काठमाडौं छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरित बालकको उद्वार गरेको छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ । पक्राउ पर्ने पाँचैजना भारतीय नागरिक हुन् ।
सोमबार बेलुकी ६ः३० को समयमा नारायणगढबाट ५–६ जनाको समूहले १६ वर्षीय रिसब गुप्तालाई अपहरण गरेको थियो । उनीहरूले बालक रिसबलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए । उनीहरू अपहरित बालकसहित गोङ्गबु, नयाँ बसपार्कस्थित होटल फेमिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो । त्यहाँ बसेर अपहरणकारीले रिसबका बुबासँग २२ लाख रुपैयाँ फिरौती मागिरहेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको नामावलीः
१। सुजित कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार
२। गोलु कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार
३। गोलु कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार
४। बिक्कि कुमार
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार
५। मोहम्मद साहिद
उमेरः १८ वर्ष
ठेगानाः बेतिया, बिहार