काठमाडौं, २२ असार ।
ससदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये अधिकार केन्द्रीकरण गरिएको निरङ्कुश दलको परिचय स्थापित हुनेगरी रास्वपाले पार्टीको विधान पारित गरेको तथ्य बाहिरिएको छ ।
बहुसंख्यक पदाधिकारी र एक तिहाई केन्द्रीय सदस्य सभापती लामिछानेले नै मनोनित गर्ने विधान पारित गरेको रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जुनसुकै बेला उनले ससदीय दलको नेताबाट पनि हटाउन सक्नेछन ।
रास्वपाको पारित विधानको धारा ६८ को उपधारा ङ मा पार्टी सभापतिको नीतिगत मार्गदर्शन पालना नगरेमा दलको नेता पदबाट मुक्त हुने व्यबस्था छ । यसबाट बालेन्द्र शाहलाई रवीले चाहेको जुनसुकै बेला दलको नेताबाट मुक्त गरि प्रधानमन्त्रीबाट पनि हटाउन सक्नेछन ।
यो ब्यबस्थाले प्रधानमन्त्री बालेन्द्रको घाटीमा २४ सै घण्टा रवीले तरबार झुण्ड्याको अर्थमा सर्वत्र टिप्पणी गर्न थालिएको छ ।
विधानको दफा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्था छ। त्यसको उपदफा १ मा देहायका कुनै अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ।
यसै उपदफाको खण्ड ‘ङ’ मा भनिएको छ, ‘यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा।’ अर्थात्, सभापति लामिछानेले आफ्नो नीतिगत निर्देशन पालना नभएको भन्दै प्रधानमन्त्री बालेनलाई संसदीय दलको नेताबाट बर्खास्त गर्न सक्नेछन्।
यसले आसन्न शक्ति सन्तुलनको नयॅा सृंखला शुरु हुने छ ।


