यस पटक बालेन सरकारकै अस्वभाविक तथा अनपेक्षित निर्णय र निर्देशनअनुसार कार्यक्रम सम्पन्न भएको तथ्य आज बिहानैबाट आएका छरपस्ट तस्बीर र सामाजिक संजाल तथा मिडियाहरुमार्फत सम्प्रेषित सूचनाबाटै पुष्टि हुन्छ । किनभने सरकारको अनुमती नै नभएको त्यति संबेदनसिल कार्यक्रममा सुरक्षा जोखिम हुने भएकाले राजदुतहरुको उपस्थिति त कल्पनासम्म पनि गर्न सकिन्नथ्यो ।
बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन आज खुल्ला कार्यक्रम गर्नेगरि अनुमती दिएको घटनाले देशप्रेमी सबै नागरिकमा गम्भीर चिन्ता छाएको छ ।
नेपालको सन्तुलित परराष्ट्र नीतिसगै एक चीन नीतिप्रतिको प्रतिबद्धता खल्बलिदा अनेकन कोणबाट गम्भीर प्रश्न उठेको छ । त्यसरी उठेका प्रश्नहरुको जायज र उत्तरदायी ढङ्गबाट सम्बोधन हुन नसके अहिले सरकारको पतनको मुख्य कारण नै आजको घटना नहोला भन्न सकिन्न ।
गृह मन्त्री सुधन गुरुङ्को निर्देशनमा आइतबार बिदाको दिन बैठक राखेर काठमाडौ जिल्ला प्रशासन सुरक्षा समितिले नेपालमा पहिलो पटक धर्मगुरु दलाई लामाको खुल्ला कार्यक्रम गर्ने अनुमती दियो । सोही अनुसार स्वयम्भू सानो भर्याङमा रहेको नाम्ग्याल स्कुलमा उनका अनुयायी शरणार्थीहरुले अमेरिकन कार्यवाहक राजदुत र केही पश्चिमा मुलुकका राजदुतसहितको उपस्थितिमा भव्य कार्यक्रम गर्यो ।
यो आमन्त्रणले अमेरिकासहित पश्चिमा राष्ट्रहरुसग चीनको नेपालसम्बन्धी नीतिमा टकराव बढाएको छ । यसले छिमेकी मुलुक भारतलेसमेत नेपालको आन्तरिक मामिलामा सकृयता बढाउने अबस्था बनेको छ । ती सबै सकृयता र दौडधुप नेपालको हितमा होइन, अब शक्ति राष्ट्रहरुले आफ्नो हितका पक्षमा बढाउदा साढेको जुधाईमा बाच्छाको मिचाई जस्तै कुटनैतिक सिमा र मर्यादा त उल्लंघन हुन सक्छ नै, सगसगै नेपालको सन्तुलित परराष्ट नीतिले पनि फेल खानसक्छ । अनि नेपालको सत्ता एउटा बलियो ध्रुबतिर ढल्किने खतरनाक दिन आउन सक्छ ।
यस्ता कार्यक्रममार्फत चीनको स्वशाशीत तिब्बत स्वतन्त्रताको पक्षमा आफ्नो देशको सार्वभौम अखण्डतामा आच आउन सक्ने विषयमा चीनले सधै चासो राख्दै आएको छ । त्यही चासो सम्बोधन गर्दै नेपालले आजसम्म खुल्ला रुपले दलाईसग जोडिएका फ्री तिब्बत मुभमेन्टसम्बन्धि कुनै पनि कार्यक्रम आयोजना गर्न दिइएको थिएन । बरु कतिपय बेला लुकिछिपी त्यस्ता अवान्छित गतिविधि गर्नेहरुलाई निगरानीमा राखी सरकारले पक्राउ गर्दै आएको थियो ।
तर यस पटक बालेन सरकारकै अस्वभाविक तथा अनपेक्षित निर्णय र निर्देशनअनुसार कार्यक्रम सम्पन्न भएको तथ्य आज बिहानैबाट आएका छरपस्ट तस्बीर र सामाजिक संजाल तथा मिडियाहरुमार्फत सम्प्रेषित सूचनाबाटै पुष्टि हुन्छ । किनभने सरकारको अनुमती नै नभएको त्यति संबेदनसिल कार्यक्रममा सुरक्षा जोखिम हुने भएकाले राजदुतहरुको उपस्थिति त कल्पनासम्म पनि गर्न सकिन्नथ्यो ।
त्यस कार्यक्रमले सरकारको एक चीन नीतिलाई खुला चुनौति मात्र दिएको छैन, चीनलाई नेपालको आन्तरिक मामिलामा देखिनेगरी उपस्थित हुन आमन्त्रणसमेत गरेको छ ।
यो आमन्त्रणले अमेरिकासहित पश्चिमा राष्ट्रहरुसग चीनको नेपालसम्बन्धी नीतिमा टकराव बढाएको छ । यसले छिमेकी मुलुक भारतलेसमेत नेपालको आन्तरिक मामिलामा सकृयता बढाउने अबस्था बनेको छ । ती सबै सकृयता र दौडधुप नेपालको हितमा होइन, अब शक्ति राष्ट्रहरुले आफ्नो हितका पक्षमा बढाउदा साढेको जुधाईमा बाच्छाको मिचाई जस्तै कुटनैतिक सिमा र मर्यादा त उल्लंघन हुन सक्छ नै, सगसगै नेपालको सन्तुलित परराष्ट नीतिले पनि फेल खानसक्छ । अनि नेपालको सत्ता एउटा बलियो ध्रुबतिर ढल्किने खतरनाक दिन आउन सक्छ ।
यी सबै घटनाक्रम अघि बढे नेपालको सार्वभौमसत्ता,स्वाधिनतालाई बालेन सरकारले जुवाको दाउमा राखेको प्रमाणित हुनेछ । यदि देशको राष्ट्रियता दाउमा राख्ने उद्देश्यले कार्यक्रम गर्न दिइएको होइन भने सरकारले गल्ती महशुस गरि खुल्ला कार्यक्रम गर्न दिने जिम्मेवार ब्यक्तिलाई कारवाही गर्न सक्नुपर्छ । गृहमन्त्रीबाटै अनुमती भएको हो भने उनलाई राजीनामा गराउनुपर्छ । राजदुतहरु उपस्थित भएको खुल्ला कार्यक्रमसमेत थाह नपाउने काठमाडौंका जिम्मेवार सुरक्षा अधिकारीमाथी कारवाही हुनुपर्छ ।
