काठमाडौं, २४ असार । एउटा यस्तो म्याच, जुन सकिँदा ३९ वर्षीय लियोनल मेसीले आफ्नो आँसु थाम्न सकेनन् । तर, यी आँसु टिमको हारमा थिएनन्, एउटा अविश्वसनीय पुनरागमन र जितपछिका थिए ।
विश्वकपको एउटा नाटकीय खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै असम्भव जस्तै देखिएको जित हात पारेको छ ।
खेलको ७६औं मिनेटसम्म इजिप्ट २–० ले अगाडि थियो । अर्जेन्टिनाका समर्थकहरू स्तब्ध थिए र ३९ वर्षीय फुटबलका जादुगरको अन्तिम विश्वकप यात्रा यहीँ सकिने डरले सारा विश्व भावुक बनेको थियो ।
पहिलो हाफमा मेसीले पेनाल्टी चुकाउँदा उनी विश्वकपको इतिहासमा (सुटआउट बाहेक) दुईवटा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बने, जसले उनलाई झनै दबाबमा राखेको थियो ।
इजिप्टका लागि ६७औं मिनेटमा मोस्तफा जिकोले दोस्रो गोल गरेपछि अर्जेन्टिनाको सपना टुट्न लागेको जस्तो देखिन्थ्यो । तर, ‘चैम्पियन’ हरू कहिल्यै हार्दैनन्, उनीहरू त केवल फर्किएर आउँछन् ।
खेलको ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको ठिक ४ मिनेटपछि, ८३औं मिनेटमा मेसीले बराबरी गोल फर्काए । यो गोलसँगै मेसी यस विश्वकपमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा केलियन एम्बाप्पे र एर्लिङ हालान्डभन्दा अगाडि पुगेका छन् ।
अन्ततः अर्जेन्टिनाले ३-२ को जीत सुनिश्चित गरेपछि मेसी मैदानमै भक्कानिए । ७६ मिनेटसम्म निराशामा डुबेका मेसीको अनुहारमा जीतको त्यो भावुकता देख्दा रंगशालामा उपस्थित हजारौँ दर्शकका आँखा पनि रसाएका थिए ।
यो केवल एउटा खेल मात्र थिएन, यो त मेसीको विरासत जोगाउने एउटा लडाइँ थियो । इजिप्टको मुटु फुटे पनि फुटबलप्रेमीहरूका लागि भने यो विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट र यादगार पुनरागमन मध्येको एक बनेको छ ।
मेसीको सपना अझै जीवित छ, र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वविजेता बन्ने यात्रा अझै जारी छ ।
अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा सानदार ‘कमब्याक’ जित हात पारेको छ।
७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो।
यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–०को अग्रता दिलाएका थिए। सन् २०२२ मा इजिप्टको सिनीयर टोलीमा डेब्यु गरेका इब्राहिमको यो दोस्रो अन्तराष्ट्रिय गोल हो। इजिप्टका लागि २२ औँ खेल खेलिरहेका इब्राहिमले विश्वमञ्चमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाए।
३३ वर्ष १ सय ४७ दिनका इब्राहिमले विश्वकपको नकआउटमा गोल गर्दै इजिप्टका लागि गोल गर्ने सबैभन्दा पाका खेलाडी समेत बनेका छन्।
६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी लियोनल मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का भएको थियो।
तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा खेल बराबरीमा ल्याए भने ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको जित सुनिश्चित गरे।
फर्नान्डेजको गोलसँगै खेलमा केहीबेर तनावको अवस्था सृजना भयो। गोलको विषयमा विवाद हुँदा इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए। गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथीले पहेलो कार्ड पाए।
योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेसीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो।
योसँगै विश्वकपको क्वार्टरफाइनल भिडन्तले अन्तिम रुप पाउँदै गएको छ। यो समाचार तयार पार्दासम्म फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड र अर्जेन्टिना अन्तिम ८ मा पुगिसकेका छन्। अब स्विट्जरल्यान्ड र कोलम्बियामध्ये एउटा टोली क्वार्टरफाइनल पुग्नेछ।
यीमध्ये क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड र कोलम्बियाको विजेतासँग भिड्ने भएको छ।
