काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले पनि भारत भ्रमणमा जाने तयारीमा रहेको खुलेको छ। भ्रमणको मिति औपचारिक रूपमा तय भइनसके पनि उनको भारत भ्रमण लगभग निश्चित भइसकेको उच्च स्रोतले जनाएको छ।
यतिबेला प्रधानमन्त्री बालेन शाहको पनि भारत भ्रमणको चर्चा चलिरहेको छ। तर स्रोतका अनुसार प्रधानमन्त्री शाहभन्दा अघि अर्थमन्त्री वाग्ले भारत जाने निश्चित देखिएको छ। अर्थमन्त्रीको भ्रमण सम्पन्न भएपछि मात्रै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय हुने सम्भावना रहेको बताइएको छ।
स्रोतका अनुसार अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच उच्चस्तरीय आर्थिक तथा द्विपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल हुनेछ। साथै, दुवै देशबीच ठूला आर्थिक परियोजना, लगानी विस्तार तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ विभिन्न समझदारीपत्र मा हस्ताक्षर गर्ने तयारी समेत भइरहेको जनाइएको छ।


