काठमाडौं, २ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभाग त्रिपुरेश्वर पुगी राहदानीका लागि बायोमेट्रिक विवरण (तस्बिर) तथा औंठाछाप दिएकी छिन् ।
आज त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले विभागबाट प्रदान गरिने विद्युतीय राहदानी (इ – पासपोर्ट) प्रक्रियाका लागि आवश्यक बायोमेट्रिक दिएकी हुन् ।
सो अवसरमा पूर्वराष्ट्रपतिले पछिल्लो समय राहदानी वितरणमा आएको समस्या तथा जनगुनासोको बारेमासमेत विभागका अधिकारीहरुसँग चासो व्यक्त गर्नुभएको उनका स्वकीय सचिव राजकुमार राईले नेपाल चर्चालाई बताए ।


