काठमाडौं, २ भदौ । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।
भक्तपुरमा रेडक्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा थापासहित पाँचजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु, र ईन्द्रबहादुर केसी छन् ।


