काठमाडौं, ३ भदौ ।
एमाले, नेकपा र राप्रपासहित ६३ सांसदको समर्थनमा एमाले सांसद किरण थापाले वागमतीको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख दिपक देवकोटासमक्ष थापाले दावी पेश गरेको एमाले सांसद केशव पोखरेलले जानकारी दिए ।
प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढि दलको समर्थन प्राप्त सांसदलाई विहिबार ४ बजेसम्म बहुमत जुटाएर मुख्यमन्त्रीमा दावी पेश गर्ने समय दिएका थिए । समय नघर्किदैं राप्रपाको समर्थन लिएर थापाले दावी पेश गरेका हुन् ।
थापालाई एमालेको २५, नेकपाको २६ र राप्रपाको १२ सिटको समर्थन छ । विहिबार ४ बजेपछि थापाले मुख्यमन्त्रीको शपथ लिनेगरी प्रदेश प्रमुखको कार्यालयले समय व्यबस्थापनको तयारी गरेको छ ।


