काठमाडौ, २७ भदौ ।
नेकपा एमालेद्वारा गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक शनिबार साझबाट सुरु भएको छ ।
काभ्रेस्थित पनौतिको एक होटलमा साझबाट आवासीय गोप्य बैठक शुरु भएको हो ।
बैठकमा भाग लिन कार्यदल सयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेलसहितका पन्ध्र जना नेता पनौती पुगेका छन ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबारभित्र एकीकृत प्रतिवेदन तयार गरि कार्यदलका नेताहरु काठमाडौ फर्किनेछन ।
कार्यदलमा महासचिव शङ्कर पोखरेलको प्रतिवेदनलाई काउन्टर गर्दै सयोजक थापाले नै अलग प्रतिवेदन बनाएपछी विवाद भएको थियो । दुबै प्रतिवेदनलाई एकीकृत रुप दिएपछी मात्र कार्यदलबाट प्रतिवेदन पारित गर्ने समझदारी अनुसार आजबाट लगातार आवासीय छलफल सुरु भएको हो ।


