काठमाडौं, ३० भदौ ।
नेकपा एमालेमा पार्टी पुनर्गठनको विषय उठान भइरहेका बेला केन्द्र, प्रदेश र स्थानीय चुनावमा कार्यकर्ताको मतमा लोकप्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेद्वार बनाउनुपर्ने सुझाव बहसमा आएको छ ।
उपाध्यक्ष रामबहादुर थापा‘बादल’ नेतृत्वको चुनाव समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धि कार्यदलमा तलको सुझाव उद्धृत गर्दै महासचिव शंकर पोखरेलले त्यस्तो सुझावलाई आफ्नो प्रतिवेदनमा उठान गरेका छन् ।
एमालेभित्र चुनावी पराजयको एउटा प्रमुख कारण उम्मेद्वार छनोटबारे कार्यकर्ता र जनताको मनोविज्ञान नबुझी नेता र माथिल्लो कमिटीको तजविजी भएको विषय उठिरहेका बेला त्यस्तो प्रस्तावले नयाँ बहस सिर्जना गरेको छ ।
एमालेभित्र चुनावी पराजयको एउटा प्रमुख कारण उम्मेद्वार छनोटबारे कार्यकर्ता र जनताको मनोविज्ञान नबुझी नेता र माथिल्लो कमिटीको तजविजी भएको विषय उठिरहेका बेला त्यस्तो प्रस्तावले नयाँ बहस सिर्जना गरेको छ ।
‘कार्यकर्ताको चुनावउम्मेदवार छनोट पारदर्शी बनाउनेः उम्मेद्वार छनोटको स्पष्ट मादण्ड बनाउने र सम्वन्धित तहको कमिटीको सिफारिस र रायलाई प्रमुख आधार बनाउनु पर्दछ । निर्वाचनको समयमा पार्टी प्रवेश गराएर केन्द्रबाट उम्मेद्वार लाद्ने प्रवृत्तिमा अंकुश लगाउनु आवश्यक छ । उम्मेद्वार छनौट गर्दा सम्वन्धित तहको कमिटीको सिफारिस वा सङ्गठित सदस्यहरूको
आन्तरिक निर्वाचन मार्फत लोकप्रिय व्यक्तिलाई उम्मेद्वार बनाउने माग तल्ला कमिटीहरूको रहेको छ । यस सन्दर्भमा छलफल गरी साझा धारणा बनाउनुपर्ने देखिन्छ ।’ पोखरेलको प्रस्तावमा भनिएको छ ।
पोखरेलको यो प्रस्तावलाई कार्यदलले एकीकृत प्रतिवेदनमा पनि उद्धृत गरी केन्द्रीय कमिटीमा छलफलमा लगेर पारित गरेमा अबको निर्वाचनमा एमालेले उम्मेद्वार छनोटमा नयाँ मापदण्ड लागू गर्नेछ ।


