हतारमा कमेन्ट गर्नु होला भनेर म सुरुमै भन्दिन्छु कि म गत भाद्र २३ को जेन जी प्रदर्शनको दिन सम्म सत्तामा वा राजनीतिको केन्द्रमा रहेका दलहरुका श्रीष नेताहरु बाट भएका हर्कतहरुले जनतामा व्यापक असन्तुष्टि बढन गएको र त्यो आक्रोशमा बदलिने बिन्दुमा पुगेको सत्य लेख्दै आएको मानिस हो ।
साथै म लोकतान्त्रिक गणतन्त र तदअनकुल संविधान मान्ने मानिस पनि हो । त्यति मात्रै हैन म २०८२ भाद्र २३ गते मध्यान्ह सम्म शान्तिपूर्ण प्रदर्शन गर्दै रहेका र त्यसलाइ हिंश्रक बनाइए पछि भएको नरसंहारमा शहिद भएका जेन जी शहिदहरु देखि देशलाइ सुशासन दिलाउने सपना बोकेर आज पनि सडकमै रहेका तमाम जेन जी युवा देखि आम मानिसहरुको भावना संग सहमत रहेको मानिस पनि हुँ म जसलाई शहिदको रगत खेर नजाओस भन्ने लाग्छ ।
त्यसैले जेन जी प्रदर्शनको एक बर्ष पछि फेरी पनि तथ्यमा टेकेर म ढुक्कले भन्छु जेन जीको शान्तिपूर्ण प्रदर्शनले बदल्न खोजेको पात्र भन्दा प्रवृति थियो तर पात्र बदलियो तर प्रवृति बदलियन । अझै स्पष्ट रुपमा भन्नु पर्दा भाद्र २३ गते मध्यान्ह सम्ममा जेन जी प्रदर्शनलाइ जसले जसले जवर्जस्ती हिंशात्मक बनाएर उग्र बनाए क्रमश तिनैले त्यसलाइ हाइज्याक गरे । कसैले मन दुखे माफ गर्नुस तर पनि भन्छु आज देश तिनै हाइज्याकरहरुको हातमा छ जसले अभिव्यक्ति स्वतन्त्रता खोसी रहेका छन , धम्किको भरमा देश चलाउने खोजि रहेका छन ।
त्यसैले त आज;
- पैंतीस बर्ष देशमा केहि भएन भन्दै अफवाह फैलाएर मानिस भडकाउने ३० बर्षको उमेरमा २३ करोडको मालिक भएका मानिस मन्त्री छन
- हामि सबैलाइ न्याय दिन्छौं भन्दै सांसद भएका केहि असल इमान्दार सांसदहरुलाइ आफ्नै दलको नेता एवं मन्त्री रहेकाहरुको धम्कि र हेपाइ सहनु परेको छ
- देशमा आएको अकल्पनीय विपदको बेला पनि कतिपयलाइ फोटो खिच्दै सामाजिक संजालमा हाल्ने असामाजिक काम गर्दै फुर्सत छैन
- आफ्ना आफन्त बाढीमा हराएको पिडामा रुँदै गर्नेले सरकारका पक्षधर भनिने बाट तथानाम गाली खानु परेको छ , सरकार र त्यस संग सम्वन्धित दल त्यस्तालाइ कारवाही गरिन्छ भन्छ तर आफ्नो आलोचना गर्नेलाइ थुन्ने वाहेक अरु केहि गर्दैन
- हामिले जानेका छौं हामीलाइ छान्नुस भन्दै चुनाव जितेकाहरु फाइल मिलाउन पिए नराखी नसक्ने देखि मन्त्रि बन्दा सल्लाहकार मात्रै करिव दुइ दर्जन राख्दै हिंडेका छन । कतै जान्नेलाइ छान्नुस भनेको त सल्लाहकार नियुक्ति नगरी केहि गर्न नजान्नेलाइ छान्ने भनेको पो रहेछ कि भन्ने मानिसमा सवाल छ ।


