काठमाडौं, १४ कात्तिक । रास्वपाका सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही नभएको बताएका छन् ।
सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो कुरामा आफू र रास्वपा स्पष्ट रहेको बताए ।
उनले भने, ‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्नेछ, त्यसले जिम्मेवारी लिनुपर्दछ भन्ने कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौँ। पार्टीले पनि निर्णय गरेको छ ।’
संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने र त्यसविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।


