काठमाडौं,असोज ८ ।जेनजी आन्दोलनलाई थेग्न नसकेका र आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रिजाललाई गृह मन्त्रालय तान्दै ३३ किलो सुनको अनुसन्धान गरेका ईश्वर पौडेललाई पठाएका छन् ।
सहसचिव पौडेललाई उद्योग मन्त्रालयबाट गृह मन्त्रालय ल्याइएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोलि चलाउन आदेश दिएको भन्दै रिजालको आलोचना भइरहेको बेला गृह मन्त्रालय तानिएको हो ।
जेनजीहरुले रिजाललाई छानविन गरेर कारबाही गर्न माग गरिरहेका छन् ।
