काठमाडौं, असोज ८ ।काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ससुरालीमा बास सर्ने भएका छन् ।
दुई दिनभित्र डिस्चार्ज हुन लागेका देउवा श्रीमती डा.आरजु देउवासहित ससुराली घरमा बास सर्ने निष्कर्षमा पुगेका हुन । काङ्ग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सैनिक अस्पताल छाउनीबाट डिस्चार्ज भएपछि देउवा ससुराली घर सानेपा या सालो भूषण राणाको निवासमा सर्नेछन् ।
उनका अनुसार अन्तिम निर्णय परिवारले नै गर्नेछ । राणा निवास जावलाखेलमा रहेको छ । नेताकार्यकर्ताहरुको आवतजावत लाईसमेत हेरेर परिवारले वासस्थानको निर्णय गर्नेछ ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरू साङ्घातिक हमलाबाट सख्त घाइते भएका देउवा दम्पतीको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
