काठमाडौं, असोज ८
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। भेटघाट विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित रहेको बालेन सचिवालय श्रोतले जानकारी दियो। थियो,’ बालेन स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्कीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताउँदै निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।
भेटमा मेयर शाहको तर्फबाट उनका सहयोगी कुमार बेन सहितको टोली थियो भने प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी सहित सचिवालयका सदस्यहरू रहेका थिए । करिब ३० मिनेट सम्म चलेको छलफलमा आन्दोलनमा बल प्रयोग गर्नेलाई कारबाही गर्ने विषयमा समेत कुरा भएको श्रोतले जानकारी दिएको छ। यसैबिच प्रधानमन्त्री कार्कीले भोली राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ।
