काठमाडौं, असोज १२
श्रम संस्कृतिमा विश्वास गर्ने धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। निर्वाचन आयोग श्रोत अनुसार ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।
‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने । पार्टी दर्ता भइननसकको र आयोग जाँचबुझ प्रक्रियामै रहेको उनले बताए ।
निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको हो । हर्कको भने यसबारे प्रस्ट धारणा आइसकेको छैन।
