
काठमाडौ असोज १७ । पूर्वगृहमन्त्री रमेश लेखककी आमाको अघिल्लो विहीबार असोज ९ गते दिउँसो ४ बजे काठमाडौमा निधन भएको थियो । तर सोही दिन भएको दाहसंस्कारमा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु किन गएनन् भन्ने चर्चा अहिले चल्न थालेको छ ।
८९ वर्षीया शारदादेवी लेखकको गत बिहीबार राति ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । उनी लामो समयदेखि विर्सने लगायतका समस्याबाट पीडित थिइन । तर त्यो संस्कारमा कांग्रेसका पूर्व सांसद रामहरी खतिवडा र लेखक परिवारका आफन्त मात्र देखिएका थिए ।
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री निकट स्रोतका अनुसार दाहसंस्कार बिहीबार दिउँसो नै गर्न लेखकलाई धेरै कांग्रेस नेता, कार्यकर्ताले आग्रह गरेका थिए । तर लेखकले सुरक्षाको कारण देखाउदै राति मात्रै दाहस्कार गरेपछि कांग्रेस नेता तथा कार्यकर्ता दाहसंस्कारमा गएनन् ।
लेखकलाई जेनजी (नयाँ पुस्ता) का नाममा विध्वंशकारीले आक्रमण गर्छन कि भन्ने आशंका थियो त्यसैले दाहसंस्कार राति गरिएको स्रोतले बताएको छ ।
लामो समयदेखि राष्ट्रिय राजनीतिमा रहेका लेखकको आमाको दाहंस्कारमा विपक्षी दलका नेता समेत आउनु पर्ने हो तरु कांग्रेसकै शिर्ष नेता आएनन् । शिर्ष नआए पनि सुदूरपश्चिमै दिलेन्द्र बडु, एनपी साउद र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर लगायतका नेता त देखिएलान भन्ने धेरैको अनुमान थियो ।
बरु दाहसंस्कारमा कञ्चनपुरका एमाले नेताहरु डा. दीपकप्रसाद भट्ट, तारा लामा तामांग, बचनबहादुर सिंह देखिएका थिए । निर्वतमान गृहमन्त्रीहरु भएकोले सुरक्षा अधिकारीहरु पनि दाहसंस्कारमा देखिन्छन् कि भन्ने थियो तर कुनै पनि सुरक्षा अधिकारी पनि दाहसंस्कारमा आएका थिएनन् ।
लेखक पछिल्लो पटक सेनाको सुरक्षाबाट आएर भक्तपुरमा डेरा लिएर बसेका छन् । उनको डेरा पनि एमालेका महेश बस्नेतलाई हराएर जितेका दुर्लभ थापा क्षेत्रीले खोजिएका थिए ।
दुर्लभले पनि गृहमन्त्री हुँदा नचिने झै गर्यो अहिले डेरा खोज भनेर दवाव दिइरहेको छ भन्ने गुनासो गर्दे लेखकको डेरा खोजि दिएको चर्चा कांग्रेस बृतमा छ ।

