काठमाडौं, असोज १८
देशभर भारी बर्षा भएका कारण सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको बताएका छन् ।
सरकारले आआफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरुलाई शनिबारसम्म अनिवार्य कार्यस्थल पुग्न निर्देशन दिएको छ। १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षात् हुने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई उक्त निर्देशन दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशनअनुसार सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म कार्यस्थल पुगी सोहीअनुसार सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यमा जुट्न निर्देशन दिइएको छ।