काठमाडौँ, १९ असोज । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ। आइतबार (असोज १९) का लागि तय गरिएको बैठक असोज २४ गते बिहान ११ बजे पूर्वनिर्धारित स्थानमै बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
एमाले सचिवालय बैठकमा नेतृत्व छाड्नुपर्ने भन्दै पदाधिकारीहरुले आग्रह गरिरहेका छन् । बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ । एमाले नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गरेपछि दुई तिहाई नजिक रहेको सरकार ढलको थियो ।
यसअघि बसेको सचिवालय बैठकमा एमाले सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकको भूमिकामा रहन आग्रह गरेका थिए । उनले पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा महाधिवेशनमा जान पनि प्रस्ताव गरेका छन् ।
