काठमाडौं, असोज २०
प्रधानमन्त्री सुशीला कार्कीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखहरुको गोप्य बैठक बसेको छ । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि प्रधानमन्त्रीले आकस्मीक बैठक बसेको थियो।
जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । काठमाडौँका संवेदनशील ठाउँमा अहिले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
