काठमाडौं, असोज २२
एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर व्यूरोले बयान लिएको छ । बुधबार विहानै साईबर व्यूरो पुगेका बस्नेतलाई प्रहरीले बयान लिइरहेको छ ।
एक महिलाले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले बयान लिएको हो । केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्दैशन दिएको थियो ।
