काठमाडाैं, असाेज २२
एमालेका पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा सघका पुर्व अध्यक्ष महेश बस्नेतले जेनजी आन्दोलनका नाममा अपराधिक काम गर्नेबिरुद्द देशका सबै जिल्ला प्रहरी कार्यालयमा भोलिबाट जाहेरी दिने घोषणा गरेका छन ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले राष्ट्रिय युवा सघको अगुवाईमा जाहेरी दिने घोषणा गरेका हुन ।
बस्नेतले देशभरका ५ सय प्रहरी कार्यालय जलाउने, सरकारी कार्यालयमा आगजानी र तोड्फोड गर्ने सबैको भिडियोसहित पहिचान भैसकेको भन्दै भोलिबाट उनीहरुविरुद्द जाहेरी दिन शुरु गर्ने बताए । प्रहरी देशमा शान्ती सुरक्षा कायम राख्ने काममा अग्रसर हुने विश्वास व्यक्त गर्दै बस्नेतले प्रहरीको खस्केको मनोबल उकास्ने अभियान चलाइने बताए ।
उनले प्रहरीका खोसिएका हतियार फिर्ता ल्याउने काममा गृहमन्त्री ओमप्रकाश अर्यालले अग्रशरता नदेखाएकोमा गम्भीर आपत्ती पनि जनाए ।
