सिरहा, असोज २२
जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ । दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । दसैँअघिको तुलनामा यो सङ्ख्या दोब्बर हो । “सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो”, बरालले भने । उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागू हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहेश बस्नेतले किन देशभर जाहेरी दिने घोषणा गरे ?
Next Article सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पुग्यो
