काठमाडौं, २६ असोज ।
राष्ट्रिय राजनीतिमा पुस्तान्तरणको मुद्दा उठान गर्दै लोकतन्त्रको खम्बा मानिने देशकै पुरानो ठूलो पार्टी कांग्रेस सभापतिमा निर्वाचित भएर कमाण्ड सम्हालेको पहिलो हप्तामै गगन थापाको निष्ठा र उद्देश्यमाथि ठूलो धब्बा लागेको छ ।
१५ औं महाधिवेशनको पदाधिकारीको मतणनना जारी रहँदा विश्वकै ३ सय धनाढ्य व्यक्तिहरुको अग्रसूचिमा परेर चर्चाको केन्द्रमा रहँदै आएका अन्तर्राष्ट्रिय व्यापारिक घराना विनोद चौधरी समावेशी कोटाबाट मूल नेतृत्वपछिको तेस्रो ठूलो पद उपसभापतिमा विजय भएसँगै गगनको छवीमाथि ठूलो धब्बा लागेको हो ।
विश्वको उन्नत लोकतन्त्र समावेशी लोकतन्त्र मानिन्छ । सामाजिक न्यायको मुद्दा सम्बोधन गर्ने लोकतन्त्र भएकै कारण लोकतन्त्रभित्र पनि समावेशी लोकतन्त्रलाई अधिक मूलकहरुले अंगाल्दै आएका छन्, जसलाई नेपालले पनि ०७२ सालको संविधानमा प्रस्तावनामै उल्लेख गरेर अवलम्बन गर्दै आएको छ ।
यसको मूल मान्यता भनेकै विगतमा राज्यको नीति, निर्णय र कदमहरुले शोषण र अन्यायमा परेर मूल प्रवाहमा आउन नसकेका वर्ग, जाती, समूदाय, लिंग र क्षेत्रका व्यक्तिहरुलाई राजनीतिदेखि राज्यका सबै अंगहरुमा मूल प्रवाहमा ल्याउनु हो ।
यसलाई आत्मसात गर्दै पुस्तान्तरण र रुपान्तरणको मूल नारा दिएर सभापति निर्वाचित गगनले पार्टीको विधान देखावटी रुपमै पदाधिकारी नै समावेशी त बनाइदिए । तर, उनको त्यो समावेशीता व्यबहारमा होइन, आफू शक्तिमा पुग्नका लागि तर माराहरुका लागि बनाइएको केवल भ¥याङ मात्र रहेछ भन्ने कुरा ठूलो पार्टीको शक्तिसाली पदमा चौधरीको उत्थानले पुष्टि गरेको छ ।
चौधरी न अशक्त हुन, न गरिब, न पिछडिएको वर्ग र समूदायका व्यक्ति हुन्, तर तीनै चौधरीको उत्थानका लागि पदाधिकारीमै गगनको समावेशी नीति वरदान सावित भएको छ । चौधरीले समावेशी पदमा उम्मेद्वारी दिँदा ७ हजारभन्दा बढि कार्यकर्ता सहभागी महाधिवेशनका कोही पनि प्रतिनिधिले उजुरी हालेनन् । नत, चौधरीलाई समावेशी कोटामै मत हालेर विजयी बनाउनुको कारण तर्कसहित कोही कांग्रेसीजनले पुष्टि गर्न नै सकेका छन् ।
लोकतन्त्रका लागि जीवनकै कुर्वानी गरेर लागेका कांग्रेसका कार्यकर्ताले चौधरीको समावेशी कोटाको उत्थानमा उजुरी नै नहाली जयकार गरेपछि रास्वपाका अध्यक्ष रवी लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहहरु धेरै हौसिएका छन् । सामाजिक संजालमा चौधरीविरुद्धको आलोचना झन्झन् तीब्र बनिरहँदा गगन थापा मौन बसेका छन् ।
कतिपयले भने नेपालको सत्ता नै उलटपुलट गर्नसक्ने सामाथ्र्य बोकेका चौधरीले कांग्रेस महाधिवेशनको खर्च व्यबस्थापन मात्र होइन, आगामी दिनमा गगनको महत्वकांक्षामा सहयोगी बन्ने प्रतिबद्धता जनाएको पुरस्कार महाधिवेशनमा हात पारेर अन्तत ः तेस्रो शक्तिसाली पद उपसभापति नै हात पारेको चर्चा गरिरहेका छन् ।


