काठमाडौं, असोज २९
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ल केपी शर्मा ओलीको नेतृत्वको एमालेसँग एकतासम्भव नहुने बताएका छन्।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनलाई माओवादीको मुख्य राजनीतिक एजेन्डा बनाइने स्पष्ट पारे। उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’
प्रचण्डले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। एमालेसँगको सम्भावित एकता विषयमा स्पष्ट संकेत दिंदै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयो सरकार क्रान्तिपछि बनेको सरकार हो, असंवैधानिक भन्नु हास्यास्पद
Next Article सुपर सिक्स चरणमा आज नेपाल र ओमान आमने-सामने
